
नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औं स्मृति दिवस मनाईने भएको छ।
यहि साउन ७ गते आइतबार बिहान ८ बजे किर्तिपुर नगरपालिका ४ चम्पादेवीमा पुष्पलाल स्मृति दिवस मनाउन लागिएको आयोजकले जानकारी दिएको छ।
पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न हुने कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहनु भएका माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल सहित कम्युनिष्ट पार्टीका नेताहरुको उपस्थिति रहनेछ।

