Thursday, July 16

नार्कले किसानलाई दिने सेवामा ध्यान दिन निर्देशक भट्टराईको निर्देशन

नेपालअखबार, काठमाडौं । नेपाल कृषी अनुसन्धान परिषद (नार्क)का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले नार्कबाट किसान एवं सरोकारवालालाई दिइने सेवा, सुविधा चुस्तदुरुस्त तथा गुणस्तरीय बनाउँन तर्फ ध्यान दिन निर्देशन दिएका छन् ।

Advertisement

नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज नार्कका निर्देशक तथा बिभिन्न केन्द्र महाशाखाका प्रमुखसंगको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । कार्यालयको बिभिन्न सेवाको पारदर्शिता एवं सेवाको बारेमा बिभिन्न निर्णय गर्दै बैठकले प्रभावकारी कार्यान्वयन गर्दै अगाडी बढनुपर्ने उनले बताए ।

Advertisement
Advertisement

नार्कको सबै अनुसन्धान केन्द्रलाई सफा, सुन्दर बनाउँने, साथै बाथरुमदेखी कार्यालय कक्ष, ल्याब, सफा राख्ने, नियमित स्टाफ बैठक अनिवार्य गर्ने, कार्यक्रमको बारेमा सबै कर्मचारीका बीचमा नियमित छलफल गर्ने, बार्षिक कार्यक्रम र बजेट सबैले देख्ने ठाउँमा टाँस गर्ने लगायतका निर्णय गर्दै बैठकले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । कार्यक्रम कार्यान्वयन गर्न आवश्यक कमिटीहरु खरिद कमिटी, भौतिक परिक्षण कमिटी, कार्यालय र अनुसन्धान व्यवस्थापन कमिटी लगायतका सबै तयारी साउन महिनाको २० गते भित्रमा गर्ने र सबै क्रियाकलापहरु समयमा संचालन गर्ने गराउँने निर्णय बैठकले गरेको छ ।

Advertisement