Thursday, July 16

माओवादी निकट सयौ मजदुर नेता कार्यकर्ता समाजवादीमा

नेपालअखबार, काठमाडौँ। माओवादी केन्द्र निकट अखिल नेपाल सेक्यरीटी मजदुर संघमा आवद्ध एक सयभन्दा धरै नेता तथा कार्यकर्ताहरु सुरक्षा क्षेत्र युनियन परिषदमा समाहित भएका छन् ।

Advertisement

नेकपा (एकीकृत समाजवादी)निकट युनियन परिषदमा समाहित हुनेहरुमा अखिल नेपाल सेक्यरीटी मजदुर संघका सचिवालय सदस्य तथा काठमाडौँ प्रतिष्ठान कमिटीका अध्यक्ष डिक बहादुर तामाङ, ललितपुर जिल्लाका अध्यक्ष तथा संघका सचिवालय सदस्य, नेताहरु लिला खतिवडा, डिल्ली प्रसाद अघिकारी, सन्तबहादुर गुरुङलगायत सय जनाभन्दा बढि मजुर नेता कार्यकर्ता रहेका छन् ।

Advertisement
Advertisement
एकीकृत ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष विष्णु लम्साल, सुरक्षा क्षेत्र युनियन परिषदका अध्यक्ष प्रेम कार्की, महासचिव वीपी हुमागाईँलगायतका नेताहरुले प्रवेशीहरुलाई संगठनमा स्वागत गरेका छन् ।

Advertisement