आज दिउँसो ३ बजे दिल्ली जाने भुसाल नेतृत्वको टोली ५ दिनसम्म भारतमै बस्ने भ्रमण दलका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य यादवले बताए । भाजपा र माओवादी केन्द्रको ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तार गर्न भुसाल सहितको टोली भारत जान लागेको हो । भुसाल नेतृत्वको टोलीले दिल्ली, देहरादुन र ऋषिकेस लगायत ठाउँहरूको अवलोकन गर्ने भएको छ ।
Advertisement
भारतमा हुँदा भाजपा पार्टी कार्यालय अवलोकन गर्नुका साथै पार्टी अध्यक्ष अमित शाह लगायत पार्टीका शीर्ष नेतृत्व समित प्रदेश अध्यक्षहरूलाई समेत भेट्ने कार्यतालिका रहेको यादवले बताए ।
यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको टोली चीन भ्रमण गरेर फर्किएको थियो । चिनियाँ कम्युनिस्ट पार्टी माओवादी केन्द्रबीच सम्बन्ध विस्तार गर्न सापकोटा नेतृत्वको टोली चीन भ्रमणमा गएर फर्किएको हो । सापकोटा नेतृत्वको टोली गत जेठ ५ गतेदेखि १० गते चीन भ्रमण गरेर फर्किएको थियो ।