Thursday, July 16

नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानी हत्या

नेपालअखबार, धनुषा । नेपाल-भारत सिमाना नजिक भारतीय क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ।

Advertisement

धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित रहेको दशगजा पारी महिलाको हत्या भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलालाई गएराति सवा ८ बजे मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको प्रयक्षदर्शीले बताएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Advertisement

ती महिला भारतीय नै रहेको आशंका गरिएपनि यकिन हुन नसकेको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए।

‘घटनास्थल छेउछाउका टोलतर हामीले फोटो देखाइ देखाई शवको बारेमा सोधपुछ गरिरहेका छौँ तर अहिलेसम्म कसैले चिनेको भनेका छैनन्।ती महिलाले हातमा घडी लगाएकी छिन्।घडीको समय हेर्दा भारतीय समय नै देखिन्छ।त्यसले उनी भारतीय नै हुनसक्ने हाम्रो आशंका छ,’ उनले भने।

घटना दशगजा पारी भए पनि सीमा क्षेत्र नजिक भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली पनि घटनास्थल पुगेका थिए।भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले नै शव पोस्टमर्टमका लागि लगेको एसपी खड्काले बताए।

घटना र शवबारे जानकारीका लागि त्यस क्षेत्रका मुखियासँग पनि समन्वय गरिरहेको उनले जनाए।