Saturday, July 4

राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दले दाङको जनजीवन प्रभावित

थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङसहित आसपासका जिल्लाहरूको जनजीवन बिहानैदेखि प्रभावित भएको छ।

Advertisement

मोर्चाले कैलाली घटनामा मुख्य योजनाकार मानिएका सांसद रेशम चौधरीलगायत ११ जनाको बिनासर्त रिहाइको माग गर्दै मंगलबार र बुधबार बन्दको आह्वान गरेको छ।

Advertisement
Advertisement

थरुहटको आमहड्तालका कारण जिल्लामा शिक्षण संस्था, यातायात, बजार, उद्योग र कलकारखाना सबै ठप्प बनेका छन्।

Advertisement

थुनामा रहेका सांसद थारुसहित अन्य ११ जना कैदीबन्दीहरूको रिहाइका लागि सरकारलाई दबाब दिन भन्दै दुई दिने बन्द आह्वान गरिएको मोर्चाका दाङ जिल्ला अध्यक्ष जानकुलाल चौधरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *