Saturday, July 4

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ। ६९ वर्षीय प्रधानमन्त्री सोमबार नै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भइसक्नुभएको छ। उहाँले १३ वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो।

Advertisement

पछिल्लो समय मिर्गौलाले राम्ररी काम गर्न नसकेपछि उहाँले बारम्बार डायलासिस गराउँदै आउनुभएको थियो। उहाँको स्वास्थ्यका बारेमा आम जनमानसमा चासो र चिन्ता देखिन्छ।

Advertisement
Advertisement

प्रत्यारोपण भनेको मिर्गौला झिकेर अर्को जोडिदिने हो। यसलाई मिर्गौला साटासाट भनेर बुझ्दा हुन्छ। त्यसपछि डायलासिस गरिरहनु पर्दैन। मिर्गौलाले पहिलेकै अवस्थामा काम गर्छ।

Advertisement

प्रत्यारोपणमा मिर्गौला दिने मान्छे पूर्णतयाः स्वस्थ र नेपालको ऐन कानुन अनुसार आफ्नै नजिकको नाता पर्ने हुनुपर्छ।

उमेरको हकमा २० वर्षदेखि माथि र ६० वर्ष मुनिको हुनुपर्छ। दाताको दुईवटै मिर्गौला पूर्ण स्वस्थ भएको, कुनै रोग नलागेको र एउटा मिर्गौला दान गर्दा उसलाई कुनै नोक्सान नपर्ने, दान गरिएको मिर्गौला बिरामीलाई काम लाग्ने, एसेप्टेड हुनुपर्छ। यो सबै मिलेपछि प्रधानमन्त्रीको प्रत्यारोपण हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *