Wednesday, July 29

तिनाउ नदीले पार गर्‍यो खतराको तह, सैनामैनाको भड्छा गाउँ डुबानमा

नेपालअखबार, बुटवल। मंगलबार बिहानैदेखि आएको अविरल वर्षाका कारण रूपन्देहीको तिनाउ नदीको जलसतह उच्च खतराको तहभन्दा निकै माथि पुगेको छ।

Advertisement

बिहानैदेखि पहाडी जिल्ला पाल्पामा भारी वर्षा भएपछि तिनाउको जलसतह निकै माथि पुगेको हो।

Advertisement
Advertisement

जल तथा मौसम विज्ञान विभागको बाढी मापन केन्द्रका अनुसार बिहान सवा ६ बजे तिनाउको जलसतह खतराको तह भन्दा निकै माथि पुगेको र त्यो बढ्दो क्रममा रहेकोले सचेत रहन भनिएको छ। दिउँसो १२ बजेसम्म तिनाउमा जलसतह बढ्ने उच्च जोखिम रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। लगातारको वर्षापछि आएको बाढीका कारण नदी आसपास तथा होचा स्थानमा डुबानको समस्या भएको छ।

Advertisement

अविरल वर्षाका कारण सैनामैनाको भड्छा गाउँ डुबानमा परेको छ। इङगुरीया खोलामा आएको बाढीले सैनामैना ८ भड्छा निवासी शंखमुनी थारूको घर डुवानमा परेको हो।

घर गोठ डुबानमा परेपछि थारूको परिवार र ५ वटा बाख्रा चौपायालाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोली तथा स्थानीयको संयुक्त प्रयासमा उद्धार गरी स्थानीय लक्ष्मण गैरेको घरमा अस्थायी रूपमा पुनःस्थापना गरिएको वडा अध्यक्ष बुद्धिराम चौधरीले जानकारी दिए।