Thursday, July 2

सिद्धबाबा सुरुङमार्गमा पहिरो, ‘स्लोप प्रोटेक्सन’ नै भत्कियो

नेपालअखबार,, बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रस्थान विन्दुमा पहिरो रोकथाम गर्न बनाइएको ‘स्लोप प्रोटेक्सन’ लाई पहिरोले भत्काएको छ । भारी वर्षापछि पहिरो खस्दा पाल्पाको तिनाउ गाउँपालिका–३ मा बनाइएको अर्ध गोलो डिजाइनको ‘स्लोप प्रोटेक्सन’ भत्किएको हो ।

Advertisement

‘सुरूङ निर्माण अघि सुरुङ बन्ने भागमा पहिरोले क्षति नगरोस् भनेर स्लोप प्रोटेक्सन बनाइएको थियो त्यसलाई पहिरोले भत्काएको हो’, सुरुङमार्ग आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले भनिन्, ‘हामीले ठेकेदार कम्पनीलाई वर्षायाममा काम नगर्नु भनेका थियौं तर उहाँहरुले नियमित काम गरिराख्नुभएको थियो ।’

Advertisement
Advertisement

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरूङमार्ग निर्माण अघि पुर्व तयारीका कामहरु गरिरहेको छ ।

Advertisement

१० अर्ब रूपैयाँ लागत अनुमान गरिएको एक हजार १२६ मिटर लामो बुटवलको चिडिया खोला रामापिथेकस पार्कबाट शुरु भएर पाल्पाको दोभानसम्म पुग्ने छ ।

स्वीस सरकारको विकास सहयोगमार्फत सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो । सुरूङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो । ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ ।