Wednesday, April 29

क्यानोनिङ गर्ने क्रममा लडेर भण्डारीकाे मृत्यु

नेपालअखबार, पाेखरा ।  कास्की जिल्ला माछापुच्छ्रे गा.पा. वडा नं.९ घलेल स्थित रहेको पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने (झरनाबाट झर्ने खेल) क्रममा  लडेर भण्डारीकाे मृत्यु भएकाे  जिल्ला  प्रहरी कास्कीले जान्कारी दिएकाे छ ।

पोखरा महानगरपालिका वडा नं.२६ बुढिबजार बस्ने बर्ष २२ की अन्जिता भण्डारी अचानक लड्न जाँदा घाईते भई उपचारको लागी मणिपाल शिक्षण अस्पताल ल्याएकोमा डाक्टर द्धारा चेकजाँच गर्दा ऐ.१६:५० बजे मृत घोषणा गरेको छ ।

Advertisement