Wednesday, April 29

राष्ट्रिय सभाको बैठक आज बस्दै

नेपालअखबार, काठमाडाैं। राष्ट्रिय सभाको बैठक आज बस्दैछ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ।

Advertisement

आजको  बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देश सहित प्रतिनिधि सभामा पठाएको  ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई  संसोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ।

मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि ल्याइएको उक्त विधेयक प्रतिनिधि सभाबाट असार ३१ गते पारित भएको थियो।

यसअघि सोही अध्यादेश राष्ट्रिय सभाले असार १५ गते पारित गरी १७ गते प्रतिनिधिसभामा पेस भएको थियो। अध्यादेश पारित गर्नुपर्ने म्यादको अन्तिम दिन असार २० गते प्रतिनिधि सभाबाट उक्त पारित गर्ने तयारी थियो।

त्यतिबेला प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरूद्ध गरेपछि पास हुन नसकी अध्यादेश निष्क्रिय भएको थियो।

सरकारले अध्यादेश निष्क्रिय भएपनि प्रतिस्थापन विधेयकका रूपमा अघि बढाएपछि प्रतिनिधि सभाबाट असार ३१ गते उक्त विधेयकलाई सर्वसम्मत पारित गरी राष्ट्रिय सभामा सन्देश पठाइएको थियो।

राष्ट्रिय सभाले अध्यादेशको प्रतिस्थापन विधेयकका रूपमा पठाएकामा अरू विधेयक जस्तै पारित भएर सन्देश आएको भन्दै अध्यक्ष तिमिल्सिनाले असन्तुष्टि जनाएका थिए।

उनले महान्यायाधीवक्ता लगायतका कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए। त्यसकारण प्रतिनिधि सभाबाट पारित भएको ११ औं दिनमा सो विधेयक राष्ट्रियसभा बैठकको कार्यसूचीमा राखिएको छ।