Tuesday, April 21

अर्थमन्त्री डा. युवराज खतिवडा सहित राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदै

मंगलबारदेखि अर्थमन्त्री डा. युवराज खतिवडा सहित राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदैछन् । राष्ट्रियसभामा रहेको व्यवस्था अनुसार गोलाप्रथाबाट २ वर्षे कार्यकाल भएका सांसद बिदा हुन लागेका हुन् ।

नेकपाका ८, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टी नेपालका १ सांसद बाहिरिँदै छन् । उनीहरुको ठाँउमा गत माघ १९ गते निर्वाचित भएका सांसदहरु प्रवेश गर्नेछन् ।

Advertisement

आज बिदाइ हुने सांसदहरुका लागि राष्ट्रिय सभामा बोल्ने कार्यक्रम राखिएको छ । राष्ट्रिय सभाबाट यसरी बिदाइ हुने सांसदमध्ये अर्थमन्त्री डा. युवराज खतिवडा समेत हुन् । राष्ट्रपतिबाट मनोनित भएका खतिवडा राष्ट्रियसभाबाट बिदाइ भएपनि ६ महिनासम्म मन्त्री बन्न सक्ने प्रावधान छ । तत्कालका लागि उनी सोही प्रावधानलाई टेकेर मन्त्री पदमै रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *