
नेपालअखबार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल छ दिने भारत भ्रमणपछि स्वदेश फर्किएका छन् ।
भुसालसँगै उनको नेतृत्वको पाँच सदस्य टोली शुक्रबार राति स्वदेश फर्किएको हो । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा यही साउन ७ गते भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली भारत गएको थियो ।

