Thursday, July 2

स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक स्थगित

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले तय गरेको पार्टीका विभिन्न बैठकहरू स्थगित भएका छन्।

Advertisement

पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव डा.गंगालाल तुलाधरका अनुसार पर्याप्त तयारी हुन नसकेका कारण बैठक स्थगित भएका हुन्।

Advertisement
Advertisement

पार्टीका निम्ति दूरगामी महत्त्वका राजनीतिक र साङ्ठानिक विषयहरूमा छलफल गर्न र निर्णय लिनका लागि डाकिएका सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू स्थगित भएका छन्। अर्को सूचना नआएसम्मका लागि वैठक स्थगित गरिएकाे डा. तुलाधरले जानकारी दिनु भएकाे छ।

Advertisement

यसअघि नेकपा एसले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गते केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो ।