Thursday, July 30

निजामती ऐन यही महिनामा टेबुल गर्ने तयारी छ : मन्त्री मोदी

नेपालअखबार,काठमाडाैं  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन चालु महिनामा नै संसदमा टेबुल गर्ने तयारीमा आफू रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित आदिवासी थारु, कानुन न्याय तथा मानव अधिकार समाजले आयोजना गरेको साधारणसभामा बोल्दै मन्त्री मोदीले सो कुरा बताएका हुन् ।

Advertisement

मन्त्री मोदीले ऐनका सबै कामहरु सकेर आफूले रायका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको बताए । ‘मैले सबैसँग कुरा गरिसकेको छु, अर्थ र कानुन मन्त्रालयले पनि अब राय लेखेर पठाउँदैछ’ उनले भने, ‘सबै प्रक्रिया सकेर यहि महिनाभित्र यो ऐन टेबुल गर्ने तयारीमा छु ।’

Advertisement
Advertisement

मन्त्री मोदीले ऐनमा सबैको भावना समेटिएको समेत उल्लेख गरे । उनले भने, ‘सरोकारवाला सबैलाई बोलाएर राय लिएको छु, सबैका भावनालाई ऐनमा समेट्ने प्रयास भएको छ ।’

Advertisement

कार्यक्रममा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु, विशेष अदालत काठमाडौंका न्यायधीश खुशीराम थारु, वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, माओवादी केन्द्र संसदीय दलका सचेतक रुपा शोसी चौधरी, पूर्वमन्त्री एवं प्रतिनिधिसिभा सदस्य तेजुलाल चौधरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद कल्पना चौधरी, रास्वपाका सांसद अशोक चौधरी, लोसपाका सांसद रामप्रकाश चौधरी, नागरिक उन्मुक्तिका सांसद गंगाराम चौधरी लगायतले आफ्नो विचार राखेका थिए ।

थारु समुदायका पूर्वमन्त्रीहरु, संविधानसभाका सदस्यहरु, थारु आयोगका सदस्यहरु लगायत साधारणसभामा उपस्थित थिए ।