Thursday, July 30

पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध

नेपालअखबार, बुटवल। बुटवल–पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ।

Advertisement

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–३ सिद्धबाबा नजिकै आइतबार बिहान ५ बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।

Advertisement
Advertisement

पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको भए पनि अझै केही घण्टा लाग्न सक्ने दोभान प्रहरी चौकीले जनाएको छ।

Advertisement

अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। दुइवटा जेसिबीले पहिरो पन्छाउने काम गरिरहेको प्रहरीले जानकारी दिएको छ।