Saturday, July 25

सचिवालय, स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति सार्वजनिक

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू बस्ते मिति, समय र स्थान सार्वजनिक गरेको छ।

Advertisement

पार्टीका महासचिव घनश्याम भुसालका अनुसार साउन १९ गतेदेखि सुरु हुने बैठक भदौ ७ गतेसम्म जारी रहनेछन्। जसअनुसार केन्द्रीय सचिवालयकाे बैठक साउन १९ गते, बिहान ८ बजे पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवीमा सुरू हुनेछ।

Advertisement
Advertisement

त्यस्तै स्थायी कमिटी बैठक साउन २० र २१ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। पोलिटब्युरो बैठक भदौ ३ र ४ गते बिहान ११ बजे केन्द्रीय कार्यालय र केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजे कान्तिपुर गार्डेन ब्याङ्क्वेट, बालकुमारी, ललितपुरमा बस्नेछ।

Advertisement

सम्बन्धित कमिटीका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। साथै केन्द्रीय कमिटीको बैठकमा सहभागिताको लागि परिचय पत्र अनिवार्य छ। परिचयपत्र नभएका सदस्यहरूले केन्द्रीय कमिटीको बैठक अगावै पार्टी केन्द्रीय कार्यालयमा सम्पर्क गरेर आफ्नो परिचयपत्र बनाउन निर्देशन गरिएको छ।