Sunday, July 5

प्रधानमन्त्री अस्पतालबाट फर्केपछि वामदेव राष्ट्रियसभामा : नारायणकाजी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष वामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यमा मनोनित हुने विश्वास व्यक्त गरेका छन्।

Advertisement

बुधबार संघीय संसद भवनबाहिर पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारबाट फर्केपछि मनोनयनका लागि सिफारिस हुने विश्वास व्यक्त गरेका हुन्।

Advertisement
Advertisement

‘प्रधानमन्त्री उपचारका क्रममा भएकाले बुधबारसम्म मनोनयनका लागि कुनै निर्णय भएन्। त्यसैले अहिले केही भन्न सकिएन् उहाँ उपचारबाट फर्केपछि सिफारिस गर्नुहुन्छ’, श्रेष्ठले भने।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *