Friday, July 17

पाकिस्तानमा ९ अगस्टमा संसद् विघटन हुने

नेपालअखबमर, इस्लामवाद। पाकिस्तानको संसद् ९ अगस्टमा विघटन हुँदैछ । प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार यो घोषणा गरेका हुन् ।

Advertisement

सांसदहरूको सम्मानमा रात्रि भोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरूलाई भेटेका थिए । सो क्रममा देशको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । मिडिया रिपोर्टका अनुसार शाहबाजले सांसदहरूबाट सुझाव मागेका थिए र कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक सेटअपको व्यवस्थाको बारेमा कुरा गरेका थिए।

Advertisement
Advertisement

अगस्ट ९ पाकिस्तानी राजनीतिको लागि महत्त्वपूर्ण हुने भएको छ, किनकि यस दिन प्रधानमन्त्री शेहबाजले संसद् भङ्ग गर्न राष्ट्रपतिलाई औपचारिक सुझाव पठाउने छन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र प्रस्तावमा हस्ताक्षर गर्नुपर्नेछ । कुनै कारणवश त्यसो नगरे संसद् स्वतः विघटन हुन्छ ।प्रधानमन्त्री शहबाज सरिफले विपक्षीसँग तीन दिनसम्म वार्ता गर्ने आश्वासन दिएका छन् । यो छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नाम राष्ट्रपतिसमक्ष हस्तान्तरण हुनेछ । यद्यपि यदि कुनै सहमति हुन सकेन भने पाकिस्तानको निर्वाचन आयोगले प्रस्तावित नामहरू मध्ये एकलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा चयन गर्नेछ। पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको विपक्षीले लामो समयदेखि चुनावको माग गर्दै आएका छन् ।

Advertisement

गत वर्ष अप्रिलमा अविश्वास प्रस्तावमार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाइएको थियो । विपक्षी दलहरूले संसद्मा इमरानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । इमरानले अर्थतन्त्र र विदेश नीतिलाई राम्ररी सम्हाल्न नसकेको उनको आरोप थियो । त्यसपछि विपक्षी दलको गठबन्धन मिलेर सरकार गठन भयो । यो सरकारमा शाहबाज सरिफलाई प्रधानमन्त्री बनाइएको थियो।