Friday, October 16

अध्यक्ष माधव कुमार नेपाल स्वीट्जरल्याण्ड प्रस्थान

नेपालअखबार, काठमाडौँ। पूर्व-प्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल जेनेभा प्रस्थान गर्नुभएको छ।

Advertisement

प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशहरूमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुन अध्यक्ष नेपाल टर्किस एअरको विमानबाट सोमबार बिहान इस्तानवुल हॅुदै जेनेभा प्रस्थान गर्नुभएको हो।

Advertisement
Advertisement

अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। यता पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष तथा कृषिमन्त्रीसमेत रहनु भएका डा.बेदुराम भुसालले पाउनु भएको छ।

Advertisement