Saturday, July 18

पहिरो खसेपछि घोराही–लमही सडक अवरूद्ध

नेपालअखबार, दाङ। पहिरो खसेपछि दाङ घोराही–लमही सडक खण्ड अवरूद्ध भएको छ। घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो झर्दा सडक अवरूद्ध भएको हो।

Advertisement

वर्षातका कारण आज सोमबार बिहान सडकमा पहिरो खस्दा सडक अवरूद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए। उनका अनुसार गतवर्ष असोजमा पनि त्यस ठाउँमा पहिरो खसेको थियो। अहिले पनि सोही ठाउँमा पहिरो झरेको छ।

Advertisement
Advertisement

सडक सञ्चलानका लागि पहिरो हटाउने काम भैइरहेको छ। उनले भने, ‘ती सडकमा लेदोसहितको ढुंगा र माटो खसेपछि सडक अवरूद्ध हुन पुगेको थियो। अहिले जेसिबीलगाएर  पन्छाउने काम भइरहेको छ।’

Advertisement

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख श्रेष्ठका अनुसार अहिले जेसिबीसहित सुरक्षाकर्मीले पहिरो पन्छाइरहेका छन्। सडक अवरूद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् ।