Friday, July 17

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

नेपालअखबार, काठमाडाैं। नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ।

Advertisement

टेलिकमले सूचना जारी गर्दै ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जानकारी दिएको छ।

Advertisement
Advertisement

टेलिकमले सिरियल नम्बर  ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड  खरिद बिक्री नगर्न वितरक र  ग्राहकलाई अनुरोध गरेको छ।

Advertisement

ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न ‍नेपाल ‍टेलिकमले अनुरोध गरेको छ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले दुई साताअघि काठमाडौंबाट भैरहवा लैजाने क्रममा कार्ड हराएको बताए।

हराएका कार्डमा पैसा नहुने भएकाले कसैले पनि ती कार्ड नकिन्न उनले अनुरोध गरे।

‘ढुवानीको क्रममा रहेका कार्ड टेलिकमको सम्बन्धित कार्यालयमा पुगेर सिस्टममा इन्ट्री नगरेसम्म ती कार्डमा पैसा हुँदैन। त्यसैले अहिले हराएको कार्डमा पनि पैसा नभएकाले ती कार्ड किनेर रिचार्ज गर्न मिल्दैन,’ अधिकारीले भने।