Saturday, September 5

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० उपसचिवको सरुवा

नेपालअखबार, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिवको सरुवा गरेको छ ।

Advertisement

सरुवा सूची अनुसार झापास्थित दकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ । डमरुको ठाउँमा तार्केश्वर नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ । डमरुले एक महिलासँग गरेको अश्लील क्रियाकलाप सामाजिक सञ्जालमार्फत बारिएपछि उनलाई मन्त्रालय तानिएको हो ।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार वन मन्त्रालयका उपसचिव वासुदेव रेग्मीको सप्तरीस्थित शम्भुनाथ नगरपालिकामा, वनकै उपसचिव प्रमोद सिम्खडालाई रौतहटस्थित परोहा नगरपालिका, भूमि व्यवस्था मन्त्रालयमा कार्यरत तीन जना उपसचिवहरू खिमानन्द आचार्य,कृष्णप्रसाद भण्डारी र लक्ष्मीप्रसाद रेग्मीलाई क्रमशः सप्तरीस्थित हनुमान नगरकंकालिनी नगरपालिका, मौलापुर नगरपालिका र सिराहास्थित सिराहा नगरपालिकामा सरुवा गरिएको छ । यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका ३ जना उपसचिवहरू बुद्धिप्रसाद उपाध्याय, लेखनाथ ज्ञवाली र घनश्याम न्यौपानेलाई क्रमशः सर्लाहीस्थित कविलासी नगरपालिका, बलरा नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकामा सरुवा गरिएको छ ।

Advertisement

निर्वाचन आयोगका उपसचिवद्धय ऋषिराम भुसाल र श्रीधर पन्थीलाई क्रमशः महोत्तरीस्थित बलवा नगरपालिका र धनुषास्थित हंसपुर नगरपालिमा सरुवा भएको छ । रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोखरेललाई सिराहास्थित कल्याणपुर नगरपालिका, भौतिक मन्त्रालयका उपसचिव वैकुण्ठ उपाध्यायलाई महोत्तरीको माटिहानी नगरपालिका, सार्वजनिक खरिद कार्यालयका उपसचिव गोविन्द घिमिरेलाई धनुषास्थित सवौला नगरपालिका, राष्ट्रिय योजना आयोगका कृष्ण व्याञ्जुलाई सर्लाहीस्थित बागमती नगरपालिका, अध्यागमन कार्यालयका माधव ढकाललाई रौतहटस्थित गरुडा नगरपालिकामा सरुवा भएको छ ।

शिक्षा मन्त्रालयका उपसचिव तेज प्रकाश प्रसाईलाई रौतहटस्थित राजदेवी नगरपालिका, पथरी शनिश्वरे नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी खरेललाई ताप्लेजुङस्थित फुङलिङ नगरपालिका र सामान्य प्रशासन अन्तर्गतका शशी राईलाई पथरी शनिश्वरेमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।