Saturday, July 18

पदपूर्ति गर्न सामान्यले माग्यो सहसचिव र उपसचिवको विवरण

नेपालअखबार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्ति गर्न सहसचिव र उपसचिवको रिक्त पदको विवरण मागेको छ ।

Advertisement

मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग,सचिवालय र निकायलाई परिपत्र गर्दै विवरण मागेको हो ।लोकसेवा आयोगको स्वीकृत बार्षिक कार्यतालिका अनुसार चालु आर्थिक बर्षमा रिक्त हुने सहसचिव र उपसचिव (प्राविधिक र अप्राविधिक)  दुबैतर्फको रिक्त पदको विवरण मागिएको परित्रपमा उल्लेख छ ।

Advertisement
Advertisement

परिपत्रमा भनिएको छ, ‘  सबै सेवा,समूह,उपसमूहका सहसचिव र उपसचिव तहका नेपाल सरकारको स्वीकृत ओएण्डएम अनुरुप रिक्त हुने संख्याको विवरण आगामी भदौं १० गतेभित्र उपलव्ध गराउनू। यसका लागि राष्ट्रिय किताबखानामा समेत रुजु गराई पछि फरक नपर्ने गरी विवरण पठाउनू ।’

Advertisement

Notices-20230809134951763_page-0001