Thursday, July 16

मनसुन सुरू भएयता बाढी-पहिरोबाट ४१ जनाको मृत्यु

नेपालअखबार, काठमाडाैं। गत जेठ ३१ गतेबाट मनसुन सुरू भएयता बाढी–पहिरोबाट ४१ जनाको मृत्यु भएको छ।

Advertisement

मनसुनजन्य विपदबाट ३१ जना बेपत्ता रहेको र ५५ जना घाइते हुन पुगेको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।

Advertisement
Advertisement

उसका अनुसार बाढी-पहिरोका कारण संखुवासभामा ३ जनाको मृत्यु भएको छ भने १९ जना हराइरहेका छन्। बेपत्ता भएकाहरू मजदुर रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। उनीहरू सुपर हेवा हाइड्रोका मजदुर रहेको प्रशासनले बताएको छ।

Advertisement

पहिरोबाट ओखलढुंगामा ४, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा ३-३ जनाको मृत्यु भएको छ। काठमाडौं, रसुवा, गोरखा, तनहुँ, रूकुम पश्चिम, बैतडीमा २-२ जनाको मृत्यु भएको छ।

बाढी-पहिरोले १ सय ३२ घरमा पूर्ण क्षति र १ सय ९४ घरमा आंशिक क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी-पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने अनुमान गरेको छ।

नेपालमा मनसुनी वायुको साथै बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेकाले केही दिन हल्का तथा मध्यम, कतै भारी वर्षासमेत अनुमान गरिएको छ।