Thursday, July 16

श्रम अदालतले पशुपति क्षेत्र विकास कोषमा कार्यरत श्रेणीविहीन कर्मचारीको पक्षमा फैसला

नेपालअखबार, काठमाडौं ।  श्रम अदालतले पशुपति क्षेत्र विकास कोषमा कार्यरत श्रेणीविहीन कर्मचारीको पक्षमा फैसला गरेको छ ।

Advertisement

श्रम तथा रोजगार कार्यालय टेकुले पशुपति क्षेत्र विकास कोषमा एक वर्ष भन्दा बढी निरन्तर रोजगार सम्बन्ध कायम भइ प्रतिष्ठानमा नियमित रोजगारीमा कार्यरत २५ जना श्रमिकलाई नियमित काममा लगाउनु भन्ने फैसला गरेको हो ।

Advertisement
Advertisement

अदालतले  श्रम ऐन , २०७४ को दफा ११ को व्यवस्था बमोजिम नियमित रोजगार सम्झौता गर्न २०७९ चैत ६ गते दिएको निर्णय बिरूद्ध कोषले श्रम अदालतमा गरेको पुनरावेदनमा श्रम अदालतले २०८० साउन २४ गते श्रम कार्यालयको निर्णय सदर गरेको एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसीटीयू का सचिव रबि केसीले बताउनुभयो ।

Advertisement