Tuesday, July 28

सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ।

Advertisement

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो।

Advertisement
Advertisement

यस वर्ष ४ लाख ४८ हजार ८ सय ३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। ५१ जनाको परीक्षा रद्द भएको थियो।

Advertisement

परीक्षा सकिएको ८० दिनमा परीक्षाफल प्रकाशित भएको बोर्डले जनाएको छ।

३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई नन ग्रेडमा राखिएको बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। नन ग्रेड आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने हुन्छ।

गत वर्षभन्दा ३ प्रतिशतले नतिजा सुधार भएको बोर्डले जनाएको छ। ५१ प्रतिशतभन्दा बढी विद्यार्थी पास भएको बोर्डको भनाइ छ।

यसरी हेर्न सकिन्छ परीक्षाफल:

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।