Saturday, May 9

हिमाल आरोहण शुल्क बढाउने तयारी

नेपालअखबार, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी रकम बढ्ने भएको छ । सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ ।

विभागका महानिर्देशक लुइँटेलका अनुसार पर्वतारोहण सम्बन्धी ९ छौटौ संशोधन नियमावली, २०५९ लाई संशोधन गर्न लागिएको छ । सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क विभागले ९ वर्षपछि परिवर्तन गर्न लागेको हो ।

Advertisement

पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी गरिरहेको विभागले सगरमाथालगायत अन्य हिमालहरूको आरोहणमा लाग्ने अनुमति शुल्क बढाउने निर्णय गरेको महानिर्देशक लुइँटेलले बताए।

हिमाल चढ्दा लाग्ने रोयल्टी बढाउने गरी नियमावली संशोधन भइरहेको छ, उनले भने, यही महिनाभित्र नयाँ रोयल्टीसहित नियमावली संशोधनको तयारीमा छौं। सबै हिमाल आरोहण अनुमतिको रोयल्टी बढाउने गरी नियमावली संशोधन गरेको उनले बताए ।

यसैगरी विभागले नियमावली संशोधन पश्चात् शरद ऋतु (अटम सिजन) मा सगरमाथा आरोहण दस्तुर ७ हजार ५ सय अमेरिकी डलर लिन लागिएको महानिर्देशक लुइँटेलले बताए । यो समाचार नागरिक दैनिकमा छ ।