Sunday, July 5

युवा अभियान्ता इराकीले बाँडे १ हजार जनालाई 'माक्स'

गोरखा । विराटनगरका युवा अभियान्ता चाँद इराकीले एक हजार जनालाई निशुल्क माक्स वितरण गरेका छन् ।

Advertisement

पछिल्लो समय चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण नेपाली समाज समेत त्रसित छ । हालसम्म नेपालमा सो भाइरसको संक्रमण नदेखिएपनि नेपाली बजारमा माक्सको अभाव र कालोबजारी सुरु भइरहेका बेला इराकीले बिराटनगरका बिभिन्न स्थानमा एक हजार जनालाई निशुल्क माक्स दिएका दिएका हुन् ।

Advertisement
Advertisement

‘माक्सको कालोबजारी सुरु भएको छ, एउटा माक्स किन्न मान्छेहरु घण्टौसम्म मेडिकलमा लाइन बस्नुपरेको अवस्था छ’ अभियान्ता इराकीले भने ‘जसलाई कोरोना भाइरसका बारेमा जानकारी छैन, जो माक्स किन्ने पहुँचबाट टाढा छन् त्यस्तालाई मैले एक महिनाको आफ्नो तलवबाट १ हजार प्रति माक्स किनेर बाँडेको हुँ ।’

Advertisement

कार्यक्रममा मोरङका एसपी विश्व अधिकारी, युवा नेता ओसिम आलम लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम बोल्दै उनिहरुले कोरोना भाइरसको नाममा कालोबजारी हुनु दुखद भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *