Wednesday, May 13

कोरोनाबाट इटलीमा एकै दिन ४९ जनाको मृत्यु

काठमाडौं । इटलीमा कोरोना भाइरसका कारण २४ घन्टामा मात्रै ४९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ ।
कोरोनाको प्रकोप सुरु भएयता संक्रमणका कारण एकैदिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।

विश्व स्वास्थ्य संगठन -डब्लूएचओ)का अनुसार डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख बढी मानिस संक्रमित भएका छन् भने तीन हजार बढीको मृत्यु भएको छ । जसमध्ये तीनमा मात्र ८० हजारबढी संक्रमित भएका छन् भने तीन हजार बढीको ज्यान गएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *