Sunday, April 19

गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

काठमाडौं – ललिता निवास प्रकरणमा विशेष अदालत काठमाडाैंले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अदालतमा उपस्थिति हुन १५ दिने म्याद जारी गरेको छ। उनीमाथि सरकारी तथा सार्वजनिक जग्गा हिनामिना गरेको आरोप लगाइएको छ। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ६५ लाख ७६ हजार बिगो र आठदेखि १० वर्ष कैदसजाय मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ। शुक्रबार अदालतले गच्छदारसहित ७४ जना आरोपितलाई अदालतमा उपस्थिति हुन म्याद जारी गरेको हो।

अदालतले पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *