Sunday, July 5

तत्काल विद्यालय बन्द नगर्ने सरकारको योजना

कोरोना (कोभिड–१९) भाइरसको जोखिमका कारण विभिन्न देशले विद्यालयहरु बन्द गरेपनि नेपाल सरकारले भने तत्काल विद्यालय बन्द नगराउने पक्षमा देखिएको छ। यदि बीचमा केही समस्या आइपरे तत्काल नयाँ निर्णय गरी सोहिअनुसार अघि बढ्ने सरकारी तयारी छ।

Advertisement

यसैहप्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्यालयहरुलाई चैत्र ५ गतेसम्म वार्षिक अन्तिम परिक्षा सक्न आह्वान गरेको थियो। त्यसैअनुसार अहिले देशभरिका विद्यालयहरुले वार्षिक परिक्षाको तयारी गरिरहेको शिक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए।

Advertisement
Advertisement

‘मन्त्रालयले अहिले विद्यालय बन्द गर्ने भनेको छैन। चैत्र ५ गतेसम्म ९ कक्षासम्मको परिक्षा सक्न भनेर आह्वान गरेका छौं,’ दाहालले भने, ‘चैत्र ६ गतेबाट हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) पनि नियमित हुन्छ। यदि अवस्था परिवर्तन हुँदैगयो भने सरकारले नयाँ निर्णय गर्छ। अहिले बन्द गर्नेबारे केही निर्णय भएको छैन।’

Advertisement

अहिले नेपालमा विद्यालय नै बन्द गरेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको सचिव दाहालले बताए।

‘अहिले सशंकित हुनुपर्ने अवस्था छैन। केही जोखिम देखिने अवस्था आएमा उच्चस्तरीय कमिटी छ, मन्त्रालय छ। निर्णय गरिहाल्छ,’ उनले थपे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *