Saturday, July 11

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपालअखबार, काठमाडौँ । सरकारले बजेमार्फत ल्याएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

Advertisement

बुधवार संवैधानिक इजलासले सो आदेश गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ–‘आर्थिक वर्ष २०८०–०८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी व्यवस्थाहरु तथा ती व्यवस्थाहरुको लागि छुट्याइएको विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरिएको छ ।’

Advertisement
Advertisement

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक ईजलासमा न्यायधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सदस्य थिए ।

Advertisement

आर्थिक वर्ष २०८०–८१ को बजेटमा सरकारले सांसद आफैले आफ्नो संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकासको नाममा रकम खर्च गर्नेगरी बजेट विनियोजन गरेको थियो । सङ्घीय सांसद वा प्रदेश सभा सदस्यहरुलाई कार्यकारिणी प्रकृतिको काम गर्ने जिम्मेवारी नभएको ठहर गर्दै सर्वोच्चले भनेको छ–‘पूर्वाधार विकास कार्यक्रमका नाममा सांसद आफैँले आफ्नो संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकासको नाममा रकम छुट्याउँदा स्वार्थ बाझिन अवस्था पनि रहन्छ ।’

आदेशमा भनिएको छ–‘यस प्रकारको विकाश निर्माणले सुशासनलाई प्रवर्द्धन गर्छ भनेर निश्चिन्त हुने अवस्था रहँदैन ।’

बजेट वक्तव्यको बुँदा नम्बर ४४५ र सो व्यवस्था कार्यान्वयनको लागी बनेको विनियोजन ऐन–२०८० को व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

123