Saturday, May 23

ललिता निवास प्रकरण : यी हुन् २८९ प्रतिवादी

नेपालअखबार, काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार मुद्दा दायर गरेको छ।  सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा २८९ प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो ।

प्रतिवादी नम्बर १ मा रामकुमार सुवेदीलाई बनाइएको छ । यस्तै माधवी सुवेदीलाई दोस्रो, शोभाकान्त ढकाललाई तेस्रो, कृष्ण बहादुर राउतलाई चौथो र शिवजी भट्टराईलाई पाँचौँ स्थानमा राखेर मुद्दा चलाइएको छ ।

Advertisement

यस्तै अन्तिम नम्बरमा सञ्जजन कुमार चाचनलाई प्रतिवादी बनाइएको छ ।  यस्तै सीआईबीको सिफारिसमा अदालतमा २१ जना मृत्यु भइसकेका प्रतिवादीलाई पनि विपक्षी बनाइएको छ ।

हेर्नुहोस् प्रतिवादीको सूची