Friday, July 17

समाजवादी प्रेस संगठनले मनायो दास्रो स्थापना दिवस

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, नेपालले दोस्रो स्थापना दिवस मनाएको छ।

Advertisement

आइतबार राजधानीको थापागाउँस्थित बानेश्वर बैङ्केटमा संगठनका अध्यक्ष विश्वमणि सुवेदीको सभाअध्यक्ष तथा पार्टीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतित्थ्यतामा संगठनले दास्रो स्थापना दिवस मनाएको हो।

Advertisement
Advertisement

कार्यक्रमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, केन्द्रीय उपमहासचिव तथा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पोलिटब्यूरो सदस्य प्रेमलकुमार खनाल, केन्द्रीय सदस्यहरु शम्भु श्रेष्ठ, दामोदर अर्याल, अशेष घिमिरे, चमेना भट्टराई, अर्जुन राई, अमृत तिमल्सिनाकाे उपस्थिति रहेकाे थियाे।

Advertisement

त्यस्तै प्रेस युनियनका सभापति शिव लम्साल, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, प्रेस सेन्टरका उपाध्यक्ष दिपेन्द्र रावललगायतले शुभकामना मन्तव्य राखेका थिए।

संगठनले दोस्रो स्थापना दिवसका अवसरमा ‘समाजवादी प्रेस’ नामक आफ्नो केन्द्रीय प्रकाशन विमोचन गरेको छ। त्यस्तै संगठनले आफ्नो स्थापनाका अवसरमा विभिन्न व्यक्तिका नाममा पुरस्कार राखीको घोषणासमेत गरेको छ। स्वागत मन्तव्य नवराज छत्कुलीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संगठनका महासचिव रामकुमार एलनले गरेका थिए।