Friday, July 17

युवा संघ नेपालको संयोजक कृष्ण विक चयन

नेपालअखबार, काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको संयोजकमा कृष्ण विक चयन हुनु भएको छ।

Advertisement

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले युवा संघ नेपालको नेतृत्व परिवर्तन गरेर विकलाई अध्यक्ष चयन गरेको हो।

Advertisement
Advertisement

निःवर्तमान अध्यक्ष नरेश शाही प्रदेशसभा सदस्य एवम् सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ। युवा संघमा दोहोरो जिम्मेवारीकाे नीति रहेकाले शाहीलाई पार्टीले युवा संघबाट बिदा गरेको हो।

Advertisement

शाहीलाई विदा गरेर गठन भएको महाधिवेशन आयोजक कमिटीमा सहसंयोजकमा नितेश पौडेल र सचिवमा सञ्जिव राई चयन हुनु भएको छ।