नेपालअखबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल प्रचण्डले गराएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरुसँगको कार्यक्रममा उनले अदालतले नेकपा विभाजन गरिदयो भन्ने गलत भाष्य बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।
Advertisement
अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीले त्यही नाममा पहिले नै दर्ता गरिसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको तर आफूले अनेक कोशिस गर्दा पनि प्रचण्ड तयार नभएका कारण पार्टी विभाजन भएको ओलीको भनाइ छ ।
Advertisement
Advertisement
‘अदालतले फुटाएको होइन, प्रचण्डले फुटाएको हो । अदालतले त यो नाम मिलेन, बदर गरियो । अर्को नाममा दर्ता गर भनेको थियो । अर्को नाम लिएर भोलिप्लट दर्ता गर्न जाँदा हुन्थ्यो’, कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘नाम मात्रैको कुरा थियो । तर त्यही निहुँ पारेर, अदालतले फुटायो भन्ने हल्ला फिजाएर कम्युनिस्ट पार्टीलाई टुक्र्याउन र यसबाट भाग्न खोजेका थिए । भागे ।’
Advertisement
त्यसपछि प्रचण्डले माओवादी फुटाएर लगेको र माधव नेपालले पटकपटक फुटाउन खोज्दा निर्वाचन आयोग, सभामुखको संयुक्त साँटगाँठबाट एमालेलाई पुनः विभाजन गरेको बताए ।
अध्यादेश जारी गर्ने हुँदैन भनेर असंवैधानिक क्रियाकलाप भनेर अदालतमा पुगेर मुद्दा फिर्ता ल्याउनेहरू २० प्रतिशतमा फुटाउने भनेर लागे ।
ओलीले निर्वाचन आयोगले पनि पार्टी फुटाउनका लागि कोशिस गरेको र माधव नेपाललाई मद्दत गरेको उनको आरोप छ ।
‘निर्वाचन आयोग र अग्नि सापकोटाले माधव नेपाललाई पार्टी फुटाउन मद्दत गरे’, उनले भने, ‘निर्वाचन आयोगलाई कसैले तलसम्म देशभरि कता जान्छौं भनेर लाइन लगाउ भनेको थिएन । आफैं जान्थे । तर निर्वाचन आयोगले ठाउँठाउँमा मान्छेलाई लाइन लगाएर पार्टी तलैसम्म फुटाउने षड्यन्त्रमा निर्वाचन आयोग पनि लाग्यो ।’
एमालेलाई कमजोर पारेर सिध्याउने उद्देश्यका साथ नेकपा विभाजन भएको उनले बताए ।