Monday, July 27

तनहुँमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

नेपालअखबार, तनहुँ। तनहुँमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्।

Advertisement

ऋषिङ गाउँपालिका-६ स्थित ज्यामिरेमाई आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन्। उनी त्यहीँका स्थानीय हुन्।

Advertisement
Advertisement

थापाविरूद्ध भदौ ३ गते सोही विद्यालयमा पढ्ने १२ वर्षीया छात्रालाई बलात्कार गरेको उजुरी प्रहरीमा आएको थियो। त्यसपछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले बताए।

Advertisement

थापालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको एसपी विष्टले जानकारी दिए।