
नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरु जनकपुर अवतरण भएका छन् । सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जानेक्रममा बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उनीहरु पुनः अर्को जहाजबाट जनकपुर पुगेका हुन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरु चढेको पहिलो जहाज प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता विराटनगर हुँदै सिरहा जाँदै छन्।




