Saturday, April 18

विश्व स्वास्थ्य संगठनद्वारा कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचअो) ले कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग (कोभिन-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख निर्देशक डा. टेड्रोस अधानोम गेब्रीयससले अन्तिम दुई सातामा चीन भन्दाबाहिर संक्रमितको संख्या १३ गुणाले बढेको बताए।

Advertisement

उनले संक्रमणले खतराको घण्टी बजाइरहेको अहिलेको अवस्थाप्रति आफू गहिरो चिन्तामा रहेको उल्लेख गरे। 

कुनै रोग एकै समयमा धेरै देशमा फैलिएमा डब्लुएचअोले विश्वव्यापी महामारी घोषणा गर्छ। 

डा. टेड्रोसले कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा गरे पनि यसको नियन्त्रणका लागि देशहरूले गर्नुपर्ने कामबारे डब्लुएचअोले दिएका सुझावलाई कुनै परिवर्तन नगर्ने बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *