नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय आयोगहरुका सदस्यहरु थपघट गरेको जनाएको छ । एकीकृत समाजवादीले मातहतका कमिटीमा एक सर्कुलर पठाउँदै केन्द्रीय अनुशासन आयोगमा अध्यक्षसहित ३६ जनालाई मनोनीत गरेको हो । यसैगरी केन्द्रीय लेखा परीक्षण आयाेगमा ३२, निर्वाचन आयोगमा ३६ जना रहेका छन् ।
Advertisement
यसैगरी केन्द्रीय सल्लाहकारको रुपमा टीकाराम रिजाल, शिवधारी पटेल, वीरेन्द्रबहादुर राई, इन्द्रबहादुर थापा र नीलकण्ठ पौडेल रहेका छन् । यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चको सदस्यमा राजन श्रेष्ठ, केन्द्रीय परिषद् सदस्यमा पनि राजीव गुरुङ उर्फ दीपक मनाङेसहित १३ जना रहेका छन् ।
Advertisement
Advertisement
खतिवडाका अनुसार परिषद् सदस्यमा मनोनीत हुनेहरुमा चिरिञ्जीवी पाण्डे, अच्युत पाण्डे, दिनेश रावल, राजीव गुरुङ, नवराज अर्याल, समसुद्दिन सिद्धिकी, भद्रप्रसाद देवकोटा, हेमन्त रेग्मी, रमेशबाबु श्रेष्ठ, अमृतसागर बस्नेत, हरि खड्का, विकेश लामा, संग्राम लामा, पदम थापा, सूर्य पाख्रिन, भीमबहादुर र प्रा.डा. होमबहादुर बडुवाल रहेका छन् ।
Advertisement