Monday, July 27

एमालेका सप्तरी सम्भुनाथ नगरपालिका पूर्वमेयर साह सहित ११३२ जना भन्दा बढी नेकपा एसमा प्रवेश

नेपालअखबार, सप्तरी । नेकपा एकीकृत समाजवादीले पार्टी सप्तरी सम्भुनाथ नगरपालिकामा पार्टी प्रवेश तथा विशाल कार्यकर्ता भेलामा  प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम्  पार्टी अध्यक्ष माधव कुमार नेपालले  एमालेका पूर्व मेयर राजकुमार साह सहिति विभिन्न पार्टीबाट  ११३२ जनालाई पार्टी प्रवेश गरेका छन् ।   अध्यक्ष नेपालले नयाँ सदस्यलाई नेकपा एसमा स्वागत गर्दै  नेपाली राजनीतिमा वर्तमान आवश्यकता भनेकाे नै समाजवाद हाे । याे समाजवादकाे यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आवहान गरेका छन् । एमाले पार्टी अब कम्युिनष्ट विचारकहरूकाे पार्टी हाेइन ? त्यहाँ  विचार, नीति प्रधान छैन । यसकारण इमान्दार कार्यकताहरू एमाले छाड्दै  नेकपा एकीकृत समाजवादीले पार्टीमा आउने क्रम जारी रहेकाे बताएका छ।

Advertisement

एमाले अब सुधरीने अवस्थामा छैन । पुरानाे घर भनेर माया गरेर के गर्ने घरमा नै आगाे लागि सकेकाे छ यसकारण तपाइ सबैले आहवान गर्छे अब कम्युनिष्टहरूकाे वैचारीक सगठन भनेकाे नेकपा एस नै रहेकाले गाँउ वस्ति सम्म समाजवादकाे अभियान लिएर  पुग्न कार्यकाताहरूलाई  आग्रह गरेका छन् ।

Advertisement
Advertisement

एमालेकाे नेतृत्वकाे कारण कम्युनिष्टहरू एमालेमा अटान सकेका छैनन् । एमालेमा दिन हुँ पहिराे जाने क्रम जारी रहेकाे  छ । देश भरिवाट एमाले पार्टी सहित परित्याग गरेर समाजवादीमा आउने त्रमजारी रहेकाे छ । हिजाे एमाले भन्ने कम्युनिष्टहरूकाे पार्टी थियाे भन्ने  दिन  कुनै बेला आउने  अध्यक्ष नेपालले भने ।

Advertisement

पूर्व मेयर राजकुमार साहले एमालेमा इमान्दार कार्यकर्ताकाे आवश्यकता नै छैन त्यहाँ चाकरी गर्नेहरूका लागि मात्रै ठाउ  भएकाले  त्यहा  बस्नुकाे कुनै अर्थ नै नभएकाले   नेकपा एकीकृत समाजवादीले पार्टीमा प्रवेश गरेकाे  बताए ।    पूर्व मेयर शाहले थपे जसले एमाले बनाउन जिवन नै खर्चेका थिए । तिनै नेता पार्टी अध्यक्ष माधव कुमार नेपालका साथमा समाजवादकाे यात्रा गर्ने विचारका साथ अघि बढ्काे बताए । उत्त पार्टी प्रवेश तथा विशाल कार्यकर्ता भेलामा करिब ३००० जनाकाे सहभागिता रहेकाे थियाे ।