Wednesday, July 29

क्यानडालीलाई भारतले रोक्यो भिसा

नेपालअखबार, काठमाडौं । क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध एकपछि अर्को गरी तनावग्रस्त बन्दै गएको छ । त्यसै क्रममा भारतले क्यानडाली नागरिकलाई भिसा दिन नै बन्द गरेको छ ।

Advertisement

यसअघि एकअर्को मुलुकका कूटनीतिज्ञलाई देश निकाला गर्नेदेखि दुवै देशले आफ्ना नागरिकका लागि जारी ट्राभल एडवाइजरीलाई अपडेट गरेर संवेदनशील बनाएकामा अन्ततः भिसामा समेत रोक लगाउने स्थिति आएको हो ।

Advertisement
Advertisement

भारतको विदेश मन्त्रालयले बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा सम्पूर्ण क्यानडाली नागरिक लागि भिसा प्रक्रिया सस्पेन्ड गरिएको जानकारी दिएको छ ।

Advertisement

भारतीय विदेश मन्त्रालयको प्रवक्ता अरविन्द्र वाग्चीले पत्रकार सम्मेलनका क्रममा क्यानडाली नागरिकका लागि सिधा भिसा प्रक्रिया मात्रै नभइ ई–भिसा र तेस्रो मुलुकबाट आउने क्यानडालीका लागि पनि भिसा दिन बन्द गरिएको जानकारी दिएका छन् ।

यस्तै भारतमा रहेका क्यानडाली कूटनीतिक नियोगमा कर्मचारी कटौतिका लागि पनि आग्रह गरेको वाग्चीले जानकारी दिए ।

‘नयाँ दिल्लीले क्यानडामा रहेको भारतीय उच्चायोगसँग समानता ल्याउन भारतमा रहेको क्यानाडाली उच्चायोगमा कूटनीतिक शक्ति थप घटाउन क्यानडालाई आग्रह गरेको छ’, उनले भने, ‘भारतमा क्यानाडाली कूटनीतिज्ञहरूको संख्या धेरै थियो, जुन अब घटाइनेछ ।’

उनले क्यानडामा भारतीय नागरिकसँगै कूटनीतिज्ञमाथि समेत सुरक्षा खतरा रहेको बताएका छन् ।

क्यानडाको ब्रिटिस कोलम्बियामा तीन महिनाअघि भएको खालिस्तानी अभियन्ता हरदिप सिंह निज्जरको हत्याको विषयमा बढेको दुई देशबीचको तनाव थप उत्कर्षमा पुगेको छ ।