
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकद्वारा मनोनयन भएका केन्द्रीय सदस्यहरूले शपथ ग्रहण लिनुभएको छ ।
नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार दिउँसो केन्द्रीय सदस्यहरूले शपथ ग्रहण लिनुभएको हो । उहाँहरूलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले सपथ गराउनु भएको हो । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले २१ जना केन्द्रीय सदस्यहरू मनोनयन गरेको थियो ।
सपथग्रहण कार्यक्रममा पार्टीका उपाध्यक्षहरू प्रमेश हमाल जयन्ती राई महासचिव घनश्याम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा र प्रकाश ज्वाला सचिवहरू जीवनराम श्रेष्ठ र हरि पराजुली सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

