Friday, July 17

खोलामा खसेका पुरूष बेपत्ता, खोजी गर्न प्रहरी परिचालन

नेपालअखबार, दाङ। रुकुम पश्चिममा बिहीबार दिउँसो खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। बाफिकोट गाउँपालिका-१ लागिनेका ५७ बर्षीय हृदय गिरी बगेर बेपत्ता भएका छन्।

Advertisement

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दिउँसो सवा १ बजेतिर पिपल भन्ने ठाउँबाट घर तर्फ जाने क्रममा वडा नं. १ र २ को सीमानामा पर्ने पुमा खोला तर्ने क्रममा गिरी बगेर बेपत्ता भएका थिए।

Advertisement
Advertisement

वडा नं. १ का वडाध्यक्ष धनबहादुर खड्काले गिरी खोला तर्ने क्रममा बगेर बेपत्ता भएको सूचना प्रहरीलाई दिएका थिए।

Advertisement

सूचना पछि प्रहरी चौकी पिपलबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर शाहको कमाण्डमा पाँच जनासहित नौं जना प्रहरी खोजी कार्यका लागि खटिएका छन्।

बेपत्ता गिरीको खोजीमा स्थानीय पनि खटिएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।