Wednesday, July 29

बाढी–पहिरोबाट ६० जिल्ला प्रभावित, ६१ जनाको मृत्यु

नेपालअखबार, काठमाडाैं। यस वर्षको मनसुनमा बाढी–पहिरोबाट ६१ जनाको मृत्यु भएको छ। २९ जना बेपत्ता भएका छन्।

Advertisement

मनसुन सुरू भएयताको बाढी पहिरोबाट ६९ जना घाइते भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले नियमित सूचनामार्फत् अद्यावधिक गरेको हो।

Advertisement
Advertisement

बाढी–पहिरोबाट २ सय ४२ घर पूर्णरूपमा क्षतिग्रस्त बनेको र ७ सय ११ घरमा आंशिक क्षति पुगेको शाखाले जानकारी दिएको छ।

Advertisement

शाखाका अनुसार यस वर्षको बाढी–पहिरोबाट ६० जिल्ला प्रभावित बनेको छ।

साधारणतया जुन १० मा भित्रने मनसुन यस वर्ष जुन १३ मा नेपाल भित्रिएको थियो र देशभर फैलन एक साता लागेको थियो। नेपालबाट अक्टोबर २ मा मनसुन बाहिरिने पूर्वानुमान छ। तर, यस वर्ष केही ढिला गरेर मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मनसुन पूर्वानुमान महाशाखाले यसअघि नै बताइसकेको छ।

गत असार ४ गते पूर्वी नेपालको संखुवासभा, पाँचथर, ताप्लेजुङमा बाढी–पहिरोले क्षति पुर्‍याएको थियो। असार ४ गतेकै बाढीले संखुवासभामा १९ जना मजदुर बेपत्ता बनाएको थियो।