Thursday, August 20

उखु किसानले पाउने अनुदानको रकम तत्काल भुक्तानी गर्न पूर्व मन्त्री श्रेष्ठको माग

नेपालअखबार, बारा । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले उखु किसानहरुले सरकारबाट पाउने अनुदान रकम १५ दिनभित्र भुक्तानी दिन सरकारसँग माग गरेका छन् ।

Advertisement

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जीतपुर सिमरा वडा नं ७ मा रहेको संजीवनी वाटिका वृद्धाश्रम भवन समुद्घाटन कार्यक्रममा बोल्दै  पूर्वमन्त्री श्रेष्ठले  साे माग गरेका हुन्

Advertisement
Advertisement

पूर्वमन्त्री श्रेष्ठले उखु किसानहरुका लागि नेपाल सरकारबाट पाउने अनुदानको रकम हालसम्म नपाएको भन्दै तत्कालै समस्या समाधान गर्न सरकारसँग माग गरे ।

Advertisement

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जीतपुर सिमरा वडा नं ७ मा रहेको संजीवनी वाटिका वृद्धाश्रम भवन समुद्घाटन कार्यक्रममा बोल्दै  पूर्वमन्त्री श्रेष्ठले  साे माग गरेका हुन्

पूर्वमन्त्री श्रेष्ठले उखु किसानहरुका लागि नेपाल सरकारबाट पाउने अनुदानको रकम हालसम्म नपाएको भन्दै तत्कालै समस्या समाधान गर्न सरकारसँग माग गरे ।

‘किसानहरुले पाउने अनुदानको रकम दशै अगाडि दिलाउन म अर्थमन्त्रीलाई अनुरोध गर्न चाहान्छु,’ कार्यक्रममा बोल्दै संघीय सांसद श्रेष्ठले भने  ।

श्रेष्ठ संयोजक रहेको चिनी उद्योग तथा उखु किसानहरुको समस्या समाधान र सुझाव उपसमितिका संयोजक हुन् । श्रेष्ठको नेतृत्वमा रहेको समितिले केही दिनअघि सरकारलाई ७ बुँदे प्रतिवेदन बुझाएर किसानले पाउनुपर्ने अनुदारको रकम १५ दिनभित्र उपलब्ध गराउन सरकारसँग माग गरेको थियो । देशभरका उखु किसानहरुमध्ये बारा जिल्लाका उखु किसानहरुले मात्रै करिब ३ करोड ५० लाख अनुदानको रकम पाउन बाँकी रहेको श्रेष्ठले जनाएका छन् ।

पूर्वमन्त्री श्रेष्ठले मधेश प्रदेशको लाइफ लाइनको रुपमा रहेको फास्ट्र ट्याक निमार्णको कामलाई बजेटको अभाव वा कुनै पनि बाहनामा ढिलासुस्ती गर्न नहुने बताएका छन् । ‘फास्ट्र ट्याक निमार्णको काम कुनै पनि बाहनामा ढिलासुस्ती हुन नगरिकन, छिटोभन्दा छिटो अन्तराष्ट्रिय विमानस्थल शिलन्यास गरेर त्यसको निमार्ण कार्य पनि प्ररम्भ गर्न अनुरोध गर्दछौ’ पूर्वमन्त्री श्रेष्ठले भने ।

अर्थमन्त्री डा.प्रकाशशरण महत प्रमुख अतिथि रहेको सो कार्यक्रममा पूर्व मन्त्री श्रेष्ठले मधेश प्रदेशका जिल्लाहरुको विकासमा विशेष ध्यान अनुरोध गरेका छन् ।  उनले सरकारले जनताको आवाज सुनेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएर असाध्यै सराहनीय कार्य गरेको बताएका छन् ।
k1k2k3