
नेपालअखबार, काठमाडौँ । भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित तुल्याएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको जनाइएको छ ।

