Friday, July 17

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते

नेपालअखबार, सुर्खेत।  सल्यानमा यात्रुबाहक बस दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने वर्ष ३१ की सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ बस्ने वर्ष ४० अनिता बोहरा रहेका छन् ।

Advertisement

दुर्घटनामा १७ जना घाइते भएका छन् । शनिबार दाङ तुलसिपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिकास्थित मुलपानी वनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Advertisement
Advertisement

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement