Friday, July 17

खोलाले बगाएर एक जनाको मृत्यु, एक बेपत्ता

नेपालअखबार, चितवन। पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन्।

Advertisement

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमाया अधिकारी रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमाया श्रीमल रहेकी छन्। पण्डितका अनुसार उनीहरू आज बिहान निगुरो टिप्न गएका थिए। बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताए। भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरूलाई नदीले बगाएको थियो।